Saturday, March 07, 2026
Home > अन्तराष्ट्रिय समाचार > क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या २५ पुग्यो

क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या २५ पुग्यो

अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या २५ पुगेको छ । क्यालिफोर्नियाको उत्तरी दुई स्थानबाट फैलिएको क्याम्प फायर नाम दिइएको डढेलोका कारण २ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ६ हजार ७ सय घर र उद्योगका भवनहरु ध्वस्त भएका छन । साक्रामेन्टोको उत्तरी क्षेत्रका ९३ हजार बासिन्दालाई सुरक्षित स्थानमा जान सूचित गरिएको छ । लस एन्जलसको पश्चिमी क्षेत्रबाट फैलिएको डढेलो प्रमुख राजमार्गसम्म बिस्तार भएको छ । आगलागीका कारण मालबुसहितका तटीय क्षेत्रमा जोखिम बढेको छ । आगलागीका कारण कालाबासास तथा मालबुसहितका क्षेत्र बढी प्रभावित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *