इलाम । इलाममा साहित्य महोत्सव शुरु भएको छ ।
‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुले विभिन्न शिर्षकमा छलफल गरिरहनु भएको छ । इलाम साहित्य समाजले आयोजना गरेको महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, नेपाली काङग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, चिन्तक प्रदिप गिरी, चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री स्वस्तिमा खड्का, कवि श्रवण मुकारुङ, भूपाल राई, आख्यानकार राजन मुकारुङसहित अन्य ख्यातिप्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनितिज्ञलगायत ५ सय वढि साहित्यकार इलाममा भेला भएको आयोजक इलाम साहित्य समाज इलामका सचिव रोशन राईले जानकारी दिनुभयो ।

