Saturday, March 07, 2026
Home > राष्ट्रिय समाचार > डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजनालाई अन्तिम रुप

डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजनालाई अन्तिम रुप

अगामी पाँच वर्ष भित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजनालाई अन्तिम रुप दिएको छ ।

कार्यक्रम कार्यान्वय कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठ वटा क्षेत्र डिजिटल फाउण्डेशन, कृषि, शहरी पूर्वाधार, वित्त, पर्यटन, उर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथमिकतामा राखेको जनाएको छ । डिजिटल नेपालको कल्पनाले नै नेपालले विकासमा फड्को मार्न सक्ने, आर्थिक वृद्धिदर आठ दशमलव सात प्रतिशतबाट १० दशमलव चार प्रतिशत पुर्याउने र प्रत्येक नेपालीको वार्षिक आय एक हजार ६२ अमेरिकी डलरबाट एक हजार ६ सय २० अमेरिकी डलर पुर्याउने लक्ष्य लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *