Saturday, March 07, 2026
Home > राष्ट्रिय समाचार > ढाका टोपी दिवस यसरी मनाईयो

ढाका टोपी दिवस यसरी मनाईयो

काठमाडौं, १७ पुष । इस्वि संवत नयाँ वर्षको दिन काठमाडौंमा ‘ढाका टोपी दिवस’ मनाइएको छ ।

नेपालको राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्ने आह्वान गर्दै इस्वि संवत नयाँ वर्षको पहिलो दिन आज बिहान काठमाडौंको माइतीघर मण्डलामा बृहत र्यालीसहितको ढाका टोपी दिवस मनाइएको हो । राष्ट्रिय पोशाक महाअभियान नेपालको आह्वानमा आयोजना गरिएको दिवसमा सहभागी युवाहरुले ‘मेरा शान, मेरो स्वाभिमान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’, ‘मेरो देश मेरो पौरख, राष्ट्रिय पोशाक मेरा गौरव’ लेखिएको प्लेकार्ड समेत प्रर्द्रशन गरेका थिए । ढाका टोपिएमाा सजिएका युवा, युवतीहरुले नेपालको राष्ट्रिय झण्डाको पनि प्रर्दशन गरेका थिए । माईतीघर मण्डलामा भेला भएका युवा, युवतीहरुले नेपाली राष्ट्रिय पोशाकको संरक्षण गर्न आह्वान गर्दैै नयाँ बानेश्वरसम्म र्याली पनि निकालेका थिए । नेपाली संस्कृति झल्कने खालका बाजागाजासहित निस्केको र्याली नयाँ बानेश्वरमा पुगेर समापन गरिएको थियो । नेपालको राष्ट्रिय पोशाक लोप हुने निष्कर्षसहित ६ वर्षयता इस्वि संवत नयाँ वर्षको अवसर पारेर नेपालमा ढाका टोपी दिवस मनाउन सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *