Saturday, March 07, 2026
Home > मुख्य समाचार > परिणाम देखिने गरी काम गर्ने नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रतिवद्धता

परिणाम देखिने गरी काम गर्ने नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रतिवद्धता

काठमाण्डौ ३० असोज
नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो । जस्तोसुकै चुनौती आएपनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाइ छ । प्रतिकूलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उहाँले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने बताउनुभयो । उहाँले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि बताउनुभयो ।  श्रेष्ठले हिजो पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *