Saturday, March 07, 2026
Home > राष्ट्रिय समाचार > भारततर्फ लैजाँदै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाको भाण्टावारी नाकाबाट उद्धार

भारततर्फ लैजाँदै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाको भाण्टावारी नाकाबाट उद्धार

सुनसरी १५ असोज
पुजाको लागि भनी भारततर्फ लैजाँदै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाको भाण्टावारी नाकाबाट उद्धार गरिएको छ । सुनसरीका प्रहरी प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार सप्तरी घर भएका ती किशोरीहरुलाई भारततर्फ लैजाँदै गरिएको अवस्थामा भारतसँग सीमा जोडिएको सुनसरीको भाण्टाबारी नाकाबाट उद्दार गरिएको हो । कार्कीका अनुसार नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट उनीहरुको उद्दार गरेको हो । शंका लागि सोधखोज गर्ने क्रममा किशोरी सँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । प्रवक्ता कार्कीका अनुसार उद्दार गरिएकामा १९ वर्षीया किशोरी सँगै अन्दाजी २२ वर्षकी अर्की किशोरी समेत छिन् । किशोरी सँगै रहेका २ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका एक पुरुषले भने प्रहरी समक्ष आफु किशोरीको आफन्त रहेको बताएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पुजाका लागि भारत लैजाने सहमति अनुरुप आफु उनीहरुको सुरक्षाकाको लागि संगै आएको भनी प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । यद्यपि सो विषयमा समेत अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *