Saturday, March 07, 2026
Home > खेलकुद समाचार > धरान–१५ खोरिया बस्तीमा निर्माणधिन क्रिकेट मैदानको मुख्यमन्त्रीद्धारा अवलोकन

धरान–१५ खोरिया बस्तीमा निर्माणधिन क्रिकेट मैदानको मुख्यमन्त्रीद्धारा अवलोकन

धरान । एक नम्बर प्रदेश र धरान उपमहानगरपालिकाको बजेटबाट निर्माण सुरु भएको प्रदेशस्तरीय अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट खेल मैदानका लागिलाई आगामी वर्षमा बजेट बढाउँदै लाने प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रतिबद्धता जनाउनुभएको छ ।

धरान–१५ स्थित खोरिया बस्तीमा निर्माण हुँदै गरेको क्रिकेट खेल मैदानको अवलोकन गर्दै मुख्यमन्त्री राईले धरानलाई खेलकुदको राजधारी बनाउने सरकारको प्रतिबद्धताअनुसार वर्षेनी बजेट विनियोजन गरि चाँडै खेल मैदान निर्माण सम्पन्न गर्न सहयोग गर्ने बताउनुभयो । मैदानका लागि प्रदेशबाट ५० लाख र धरान उपमहानगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आउँदो वर्ष १ करोड र त्यसपछि डिपिआर तयार गरि सोही अनुसार बजेट विनियोजन गरिने मुख्यमन्त्री राईले बताउनुभयो । यो खेल मैदानलाई भक्तराज कन्दङ्वा क्रिकेट खेल मैदान नामकरण गरिएको छ । मैदानलाई लेभलिङ गर्दै ३ वटा पिच निर्माण भईरहेको छ । ५५ यार्डको रेडियसमा खेल मैदान निर्माण भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *