Saturday, March 07, 2026
Home > खेलकुद समाचार > पारस खड्का टि टेन लिग खेल्ने

पारस खड्का टि टेन लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनाको घोषणा गरेका पारस खड्काले अर्काे महिना संयुक्त अबर इमिरेट्स (युएई) मा आयोजना हुने टि टेन लिग खेल्ने भएका छन् ।

पारस अबुधाबी टिमबाट खेल्ने टोलीले आफ्नो ट्विटरमार्फत जानकारी दिएको छ । टि टेनका लागि गत साता नै ड्राफ्ट सम्पन्न भएको थियो । पारसको नाम भने हालै सार्वजनिक भएको छ । पारसले ड्राफ्ट अघि नै फ्रेन्चाइज टोलीले आफुलाई सम्पर्क गरेर अनुबन्ध गरिसकेको बताए । पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएको जनाए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्काे खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टि टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटगरीमा परेर छनोट भएका हुन । एमा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउनेछन् । टि टेन नोभेम्बर १५ देखी २४ सम्म युएईमा चल्ने छ । पारसको टोलीको आइकन खेलाडीका रुपमा इग्ल्यान्डका मोइन अली छन् । त्यस्तै सन्दीपको टोलीको आइकन खेलाडीमा दक्षिण अफ्रिकाका पूर्व ओपनर हसिम अमला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *