Saturday, March 07, 2026
Home > खेलकुद समाचार > नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फिर्ता

नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फिर्ता

बंगलादेशमा सम्पन्न पहिलो संस्करणको भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ ।

बंगलादेशमा सम्पन्न सो प्रतियोगितामा विजेता नेपाली महिला भलिवल टोली आज अपरान्ह स्वदेश फर्किएको हो । त्यस अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपाधि विजेता खेलाडीहरुलाई नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए । बिहीबार बंगलादेशको ढाकामा भएको फाईनल खेलमा माल्दिभ्सलाई ३–० सो सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि हात पार्न सफल भएको थियो । महिला भलिबल टिमले जितेको सो उपाधिको नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । टिमकी कप्तान अरुणा शाहीले सो प्रतियोगिताबाट विजयी भएपछि आगामी दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि उपाधि जित हासिल गर्ने आँट र साहस दुवै बढेको प्रतिक्रिया दिनु भयो । उहाँले प्रतियोगितामा आफूहरुलाई विजेता बनाउन हौसला प्रदान गर्ने सबैप्रति पनि आभार व्यक्त गर्नु भयो ।

प्रतियोगितामा नेपाली टोलीकी प्रतिभा माली उत्कृष्ट स्पाईकर भएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *