Saturday, March 07, 2026
Home > राष्ट्रिय समाचार > लायन्स क्लब अफ बिराटनगर युनिकले कोरोनाको संक्रमणबाट जोगीन जडीबुटीबाट तयार पारिएको काडा पानी निःशुल्क वितरण

लायन्स क्लब अफ बिराटनगर युनिकले कोरोनाको संक्रमणबाट जोगीन जडीबुटीबाट तयार पारिएको काडा पानी निःशुल्क वितरण

बिराटनगर २० असोज

लायन्स क्लब अफ बिराटनगर युनिकले कोरोनाको संक्रमणबाट जोगीन अढुवा, तुल्सी, बुर्जो लगायतको जडीबुटीबाट तयार पारिएको काडा पानी निःशुल्क वितरण गरेको छ ।  विराटनगरस्थित ट्राफिक चौक, पच्चमुखी हनुवानदास मन्दिर अगाडि तपाईहरुको सुरक्षा हाम्रो दायित्व मुल नाराका साथ लायन्स क्लब अफ बिराटनगर युनिकले काडा पानी हिजोदेखि निःशुल्क वितरण सुरु गरेको हो । लकडाउन खुलेसँगै दैनिक रुपमा कोरोनाको संक्रमण दर बढ्दो रहेको बेला कोरोनाको संक्रमणबाट जोगीन अढुवा, तुल्सी, बुर्जो लगायतको जडीबुटीबाट तयार पारिएको काडा पानी निःशुल्क वितरण गर्न थालिएको लायन्स क्लब अफ बिराटनगर युनिकका अध्यक्ष प्रविण अग्रवालले बताउनुभयो ।  क्लबले रोग प्रतिरोधात्मक क्षमता बढाउन काडा पानी नियमित प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । क्लवले दैनिक २ बजेदेखि साढे ५ बजेसम्म बिराटनगरका विभिन्न चौकमा पुगेर काडा पानी एक हप्तासम्म निःशुल्क वितरण गर्ने सामाजिक अभियन्ता पेरीस सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *