Home > मुख्य समाचार (Page 102)

संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न राजपाद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राजपाका सांसद प्रमोद साहले सरकार गठनको समय देखि नै संसदमा संविधान संसोधनको विषय उठिरहे पनि अहिले सम्म सम्बोधन नभएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री केपी ओली स्वयम्ले

Read More

कोशी अस्पतालले सर्जिकल विभागको अप्रेशन कक्ष बन्द गरेपछि सर्वसाधारण सास्ती खेप्न बाध्य

विराटनगर । अस्पतालको अप्रेशन कोठामा रंग रोगन तथा मर्मत संहार गर्नु पर्ने भन्दै कोशी अस्पतालले सर्जिकल विभागको अप्रेशन कक्ष बन्द गरेपछि सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । सरकारी अस्पतालको अप्रेशन कक्ष बन्द भएपछि महँगो मूल्य तिरेर बाहिर उपचार गराउन सर्वसाधारण बाध्य भएका छन् । सुनसरीको देवानगञ्चबाट छोरीको हात भाचिएर उपचारका

Read More

विराटनगरको कोइराला निवासको सुरक्षाका लागि नगर रक्षक खटाइयो

विराटनगर । विराटनगरको कोइराला निवासको सुरक्षाका लागि महानगरपालिकाले नगर रक्षक खटाइएको छ । गत विहिवार मात्रै देशभर भीआइपीहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सरकारले फिर्ता गरेको थियो । आजदेखि ३ जना नगर रक्षक सुरक्षाका लागि खटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिनुभयो । केन्द्रीय सरकारले आफूहरुलाई जानकारी नै नदिई सुरक्षाकर्मी हटाएकाले

Read More

दोर्ची शेर्पाद्धारा सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर नयाँ किर्तिमान कायम

काठमाडौं । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ किर्तिमान कायम गर्नु भएको छ । संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पायोनियर

Read More

विराटनगर–रानी सडकखण्डमा अपाङता भएका ब्यक्तिहरुको धर्ना

विराटनगर । अपाङता भएका ब्यक्तिहरुले विराटनगर–रानी सडकखण्डमा धर्ना दिएका छन् । ह्वील चेयरमा सिमाबर्ती बजार जोगबनीबाट खाद्यान्न ल्याई विराटनगरमा विक्री गरेर जीवनयापन गर्दै आएका ह्वील चेयर प्रयोगकर्ताहरुले धर्ना दिएका हुन । जोगबनीबाट सामान ल्याउन अवरोध गरिएको भन्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले आज बिहान साढे ११ बजे प्रदेश १ का

Read More

स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानून सम्मत भएको आयोगको दाबी

काठमाडौं । लोकसेवा आयोगले आफुले स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानून सम्मत भएको दाबी गरेको छ । संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगले निकालेको विज्ञापन कानुन विपरित नभएको बताउनुभएको हो । स्थानीय र प्रदेश सरकारबाट माग भएका कर्मचारी संघीय

Read More

लोकसेवा आयोगको विज्ञापनको विषयलाई लिएर संसदीय समितिमा आरोप प्रत्यारोप

काठमाडौं । लोकसेवा आयोगको विज्ञापनको विषयलाई लिएर संसदीय समितिका सांसद र आयोगका पदाधिकारीबीच आरोप प्रत्यारोप चलेको छ । संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा समिति सदस्यहरु र आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीबीच आरोप प्रत्यारोप चलेको हो । समिति सदस्यहरु अमरेश कुमार सिंह, बृजेश कुमार गुप्ता, रामसहायक प्रसाद यादवले

Read More

लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन राजपाको माग

काठमाडौं । राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिस चन्द्रलाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न ÷गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले संविधानमा गरिएको व्यवस्था विपरित आयोगले विज्ञापन आव्हान गरिएको

Read More

अष्ट्रियाको ८ दिने भ्रमण सम्पन्न गरि उपराष्ट्रपति पुन स्वदेश फिर्ता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको ८ दिने भ्रमण सम्पन्न गरि अपरान्ह स्वदेश फर्कनु भएको छ । उपराष्ट्रपति पुन अष्ट्रियाको भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते जानु भएको थियो । उपराष्ट्रपति पुनले भियनामा रहदा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनलाई भेट गर्नुका साथै

Read More

इटहरीमा सञ्चालनमा रहेका निजी संस्थागत विद्यालयहरुको शुल्क निर्धारण

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी संस्थागत विद्यालयहरुको शुल्क उपमहानगरपालिकाले तय गरेको छ । उपमहानगरपालिकाले बालकक्षाको अधिकतम १६ सयदेखि कक्षा १०को ३३ सय ५० रुपौया शुल्क तय गरेको हो । उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरि नगर क्षेत्रमा सञ्चालनमा रहेका क वर्गका विद्यालयलाई कक्षा नर्सरीको १८सय भन्दा वढी र कक्षा १०

Read More