Home > मुख्य समाचार (Page 110)

विराटनगरमै व्यवस्थापिका र कार्यकापालिका रहने सहमतीसँगै विराटनगर बन्द फिर्ता

विराटनगर । प्रदेश राजधानी विकेन्द्रित गर्ने गरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको विरोधमा आह्वान गरिएको विराटनगर बन्द मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि फिर्ता भएको छ । सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता भएको हो

Read More

विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न सम्बन्धित सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । जल तथा मौसम विज्ञान विभागले आँधी, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आइपर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुनेगरी पूर्वतयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको हो । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

Read More

सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउन विद्यार्थीहरुको एक हप्ते अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरका खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले आज विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने विगतमा पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न

Read More

संविधानमा विमति नरहेको भन्ने सरकारको भनाई प्रति राजपाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधानमा विमति नरहेको भन्ने सरकारको भनाई प्रति गम्भीर आपत्ति जनाएको छ । आजदेखि सुरु भएको सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुदै राजपाका सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रममा ‘अब संविधानप्रति बिमति नरहेको’ भनी लेखिएकोमा गम्भीर आपत्ती र असहमति जनाउनुभएको हो । संविधानको सर्वस्वीकार्यता र

Read More

राष्ट्रपति जस्तो सम्मानित संस्थालाई सरकारले थप विवादमा पारेको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ भनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाउनु भएको हो

Read More

राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको कांग्रेसको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ । आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरि कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिएको ठहर गरेको हो । हिजो सरकारको नीति तथा कार्यक्रम

Read More

मापसे गरी सवारी चलाउने २ हजार बढी ब्यक्ति मोरङ ट्राफिकको कारवाहीमा परे

विराटनगर । गएको ९ महिनामा मादकपदार्थ सेवनगरि सवारीसाधन चलाउने २ हजार बढी ब्यक्ति मोरङ ट्राफिकको कारवाहीमा परेका छन । २०७५ साउनदेखि चैत्र मसान्तसम्ममा मापसेगरि मोटरसाईकल सहितका सवारीसाधन चलाउने २ हजार ३७ जना कारवाहीमा परेका छन । कारवाहीमा परेकाहरु मध्येबाट २० लाख ३७ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका

Read More

प्रदेश १ को राजधानी विराटनगर राख्ने नेकपा हाइकमाण्डको निर्णय

विराटनगर । विराटनगरमा अस्तिदेखि जारी नेकपाको बैठक सम्पन्न भएको छ । नेकपा हाइकमाण्डको बैठकले राजधानी विराटनगर राख्ने तय गरेको छ । नाम भने अर्को अधिवेशनले टुङ्गो लगाउने सहमति जुटेको बताइएको छ । बैठकपछि नेताहरूले लिखित रूपमा सहमतिपत्र तयार पार्दैछन् । जसमा राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ । राजधानीको संरचना विराटनगर,

Read More

सरकारको नीति तथा कार्यक्रम संसदमा पेश

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत भइरहेको छ । सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गर्नुभएको हो । उहाँले सम्बोधनको सुरुमा नै आफ्नो चीन भ्रमण सफल भएको र यसले दुई देशको सम्बन्ध थप सुमधुर भएको बताउनु भएको छ । नीति कार्यक्रमले मानवीय क्षमता विकास,

Read More

प्रदेश १ को राजधानी ‘विराटनगर’मा राख्न नेकपा नेतृत्व सहमत

विराटनगर, २० बैशाख । प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर बनाउन नेकपाको नेतृत्व सहमतिको नजिक पुगेको छ । नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार बिहिबार प्रदेश १ का १४ वटै जिल्लामा सांसदहरुसँग भएको छलफलपछि पार्टी नेतृत्व उक्त निश्कर्षको नजिक पुगेको हो । मकालु टेलिभिजनको नियमित कार्यक्रम

Read More