Home > मुख्य समाचार (Page 114)

बेलबारीकी रमिला राईको शव २६ दिनपछि कोसी नदीमा फेला

सुनसरी, १३ चैत्र । गत फागुन १७ गते हत्या गरिएकी बेलबारीकी रमिला राईको शव २६ दिनपछि कोसी नदीमा फेला परेको बताइएको छ । सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव आज कोशी ब्यारेजमा फेला परेको प्रहरीको भनाई छ । राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी

Read More

सुनसरीका केही परीक्षा केन्द्रमा अमर्यादित रुपमा एसइईको परीक्षा सञ्चालन

सुनसरी, १३ चैत्र । सुनसरीका केही परीक्षा केन्द्रहरुमा अमर्यादित रुपमा एसइईको परीक्षा सञ्चालन भइरहेको पाइएको छ । प्रदेश एक सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनको क्रममा केही परीक्षाका केन्द्रमा मर्यादाविपरीत शंकास्पद गतिविधि भएको पाइएको हो । सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबार सुनसरीका आधा दर्जन परीक्षा केन्द्रहरुको अनुगमन गरेको

Read More

दलित महिललाई कालोमोसो दलेर कुटपिट गर्नेलाई कारबाहीको माग

मोरङ, १३ चैत्र । मोरङको पथरीशनिश्चरेकी एक दलित महिललाई कालोमोसो दलेर कुटपिट गरेको घटनालाई जातिय भेदभाव तथा छुवाछुत सजाय र कसुर ऐन अन्तर्गत कारवाही गर्न दलित संघ संस्थाले माग गरेका छन् । दलित जातीय ६ वटा संस्थाले पत्रकार सम्मेलन गर्दै चैत ५ गते पथरीशनिश्चरे ८ दोहोलुकी ३१ वर्षीय शारदा बराइलीमाथि कालोमोसो

Read More

मेलम्ची आयोजनाको काम छोडेर गएको ठेकेदार कम्पनीले सरकारसँग क्षतिपूर्तिबापत साढे २ अर्ब बढि माग गरेको खुलासा

काठमाडौं, १३ चैत्र । मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएससीले सरकारसँग क्षतिपूर्तिबापत २ अर्ब ५२ करोड रकम माग गरेको खुलासा भएको छ । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिवापत सरकारसँग सो

Read More

सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं, १३ फागुन । सरकारले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभएको हो । त्यसमा उनीहरुको हेरचाह,

Read More

‘नेपाल लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा

काठमाडौं, १३ फागुन । सरकारले ‘नेपाल लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अर्थमन्त्री एवम् नेपाल लगानी सम्मेलन मूल समारोह समितिका संयोजक डा. युवराज खतिवडाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत १५ र १६ गते आयोजना हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले

Read More

लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागिता हुने

काठमाडौं, १२ फागुन । नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागिता हुने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग नेपालका लागी बंगलादेशी राजदूत मस्फी विन्ते साम्सले भेट गर्दै लगानी सम्मेलनमा बंगलादेशको सहभागिता हुने बताउनु भएको हो । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षिय हितका साथै आपसी

Read More

इन्जिनियरहरुमाथि प्रहरीको लाठीचार्ज

काठमाडौं, १२ फागुन । सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले आज निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको लाठी चार्जबाट आधा

Read More

नेप्से कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं, १२ फागुन । राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से )कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेयर लगानीकर्ता दबाब समुह आज बिहान कार्यालय समयमा भद्रकालिस्थित नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्धार बाहिर नै

Read More

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियाको नाम सिफारिस

काठमाडौं, ११ फागुन । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को आज सिंहदरबारमा बसेको बैठकले रिक्त रहेको निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई नियुक्त गर्ने सिफारिस गरेको हो । आइतबार मात्रै प्रमुख निर्वाचन आयुक्त डा.

Read More