Home > मुख्य समाचार (Page 115)

नेपाली कामदार जापान लैजाने विषयमा ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर

काठमाडौं, ११ फागुन । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर भएको छ । आज काठमाडौंमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानका राजदुत मासामिची साईगोले सो समझदारी पत्रमा

Read More

विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई नियन्त्रणमा लिई छाड्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र महिना भित्र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अतिवादी विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिई छाडने घोषणा गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पुर्याउने लगायतका चन्द नेतृत्वको नेकपाको

Read More

बारुदजन्य विस्फोटक पदार्थसहित एक नेपाली युवक काकँडभिट्टा नाकामा पक्राउ

झापा, ११ फागुन । भारतबाट नेपाल भित्राउन लागेको बारुदजन्य विस्फोटक पदार्थसहित एक नेपाली युवक काकँडभिट्टा नाकामा पक्राउ परेका छन् । म्यादीको मालिका गाउँपालिका निवासी अन्दाजी २८ बर्षीय चिरन रोक्कालाई भारतीय एसएसबीले पश्चिम बंगालको पानीट्ंयाकी नाकाबाट गएराति पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ बारुदजन्य विस्फोटक पदार्थ ल्याउन लागेको अवस्थामा रोक्कालाई विशेष सूचनाको

Read More

वर्तमान अवस्थामै विप्लव समूहसंग वार्ता हुन सक्दैन : मन्त्री पोखरेल

विराटनगर, ११ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान अवस्थामै विप्लव समूहसंग वार्ता हुन नसक्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्नुहुंदै उहांले सो समूहले हतियार बिसाएर आएमात्र वार्ता हुनसक्ने बताउनुभयो । उहांले विप्लवले नेतृत्व गरेको कम्युनिष्ट पार्टीसंग आफुहरुको कुनै बैरभाव नरहेको समेत बताउनुभयो । विप्लव समूहले बम पड्काउने,

Read More

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्यमा तीब्रता

दोलखा, ११ फागुन । मुलुककै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य तीब्रताका साथ भइरहेको छ । आयोजनास्थल दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगर पुगेर आयोजना निर्माणको अध्ययन भ्रमणपछि उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजनाको निर्माण कार्य तिब्र गतिमा अघि बढेको बताउनुभयो । उर्जा मन्त्रालयको

Read More

आवश्यकताअनुसार विश्वविद्यालय खोल्न दिईनुपर्छ : देउवा

काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आवश्यकताअनुसार विश्वविद्यालय खोल्न दिईनुपर्ने बताएको छ । सरकारले नयाँ विश्वविद्यालय संचालनका लागि अनुमति दिन रोक लगाईरहेका बेला कांग्रेसले मुलुकमा जतिसक्दो धेरै विश्वविद्यालय खोलिनुपर्ने धारणा अघि सारेको हो । विकास र सम्मृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै कांग्रेसले विकास र सम्मृद्धिको नारा

Read More

मोरङको कानेपोखरीमा सडक दुर्घटना परि दुई जनाको मृत्यु

मोरङ, ९ फागुन । मोरङको कानेपोखरी गाँउपालिकामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान कन्टेनर ट्रक र टाटा सुमो एकआपसमा ठोक्किदाँ झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार अछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी

Read More

विरामीको मृत्यू भएपछि विराटनगरस्थित म्याक्स अस्पतालमा तनाव

विराटनगर, ८ चैत्र । उपचारको क्रममा एक विरामीको मृत्यू भएपछि विराटनगर महेन्द्रचोकस्थित म्याक्स हस्पीटलमा तनाव भएको छ । गएराति उपचारकालागि सो हस्पीटलमा भर्ना भएका धरान २ का ४५ बर्षिय महसुर अहमदको मृत्यु भएपछि आफ्न्तजनले समयमा चिकित्सक उपलब्ध नभएका कारण विरामीको मृत्यु भएको दाबी गरेका छन । छाती दुख्ने समस्या भएपछि धरानको

Read More

एक नम्बर प्रदेश सरकारले सुरक्षित विद्यालय अभियान सञ्चालन गर्ने

विराटनगर, ८ चैत्र । प्रकोप जोखिम न्युनिकरण तथा सुरक्षित सिकाईका लागि प्रदेश एक अन्तर्गतका सामुुदायिक विद्यालयमा सुरक्षित विद्यालय अभियान संचालन हुने भएको छ । नेपाल सरकारले विद्यालयमा आईपर्न सक्ने मानविय तथा प्राकृतिक प्रकोपको व्यवस्थापनका लागि सुरक्षित विद्यालय अभियान संचालन गर्न लागेको हो । शिक्षा विकास निर्देशनालय प्रदेश एक धनकुटाले आज विराटनगरमा

Read More

शशांक कोइरालाको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

काठमाडौं, ८ चैत्र । नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने अभिव्यक्ति दिएकोमा आपत्ति जनाउनु भएको छ । नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टी भित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार

Read More