भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको नाममा सडकको नामाकरण गर्ने घोषणा
विराटनगर, २५ फागुन । विराटनगर महानगरपालिकाले मूर्धन्य साहित्यकार एवं भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको नाममा सडकको नामाकरण गर्ने घोषणा गरेको छ । विराटनगर महानगरपालिकाले आज आयोजना गरेको श्रद्धाञ्जलीसभामा मेयर भीम पराजुलीले ट्राफिक चोकदेखि पोखरेलको निवास निलसदनसम्मको सडकलाई बालकृष्ण मार्ग नामाकरण गर्ने घोषणा गर्नुभयो । उहाँले सडकको नामाकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी
Read More
