Home > मुख्य समाचार (Page 125)

वाइडवडी प्रकरणमा सत्तारुढ दलका सांसदले गरे सरकारको बचाउ

काठमाडौं, २० पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले वाइडवडी विमान खरिदको छानविन गर्न गठित उपसमितिले प्राकृतिक न्यायको सिद्धान्त विपरित प्रतिवेदन तयार पारिएको भन्दै संशोधनको माग गरेका छन् । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा सत्तारुढ दलका तर्फबाट समितिमा सदस्य रहेकाहरुले प्रतिवेदनले प्राकृतिक न्यायको सिद्धान्त अवलम्बन गर्न नसकेको

Read More

पर्यटनमन्त्री अधिकारीको राजिनामा माग

काठमाडौं, २० पुष । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली कांग्रेस राष्ट्रिय सभाकी सांसद विन्दादेवी आलेले वाईडबढि विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गर्नु भएको हो । आज राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै

Read More

बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालक

विराटनगर, २० पुष । विराटनगरस्थित बाल सुधार गृहमा क्षमता भन्दा दोब्बर बालकहरु राखिएको पाइएको छ । बालबालिकाले अपराध गरेको ठहरिए पनि उनीहरूलाई अपराधी वा खराब व्यक्तिका रुपमा नहेरी सुधारात्मक व्यवहार गर्ने उद्देश्यले बाल सुधारगृह संचालनमा ल्याइएको हो । तर ५० जनाको क्षमता रहेको विराटनगरस्थित बाल सुधारगृहमा अहिले १ सय ३ जना

Read More

यसरी हुँदैछ विराटनगरमा नागरिकको मौलिक अधिकारको हनन्

विराटनगर, १९ पुष । नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार उल्लेख छ । तर, विराटनगरमा भइरहेको विकास निर्माणको काममा उक्त धाराको चरम उल्लंघन गरिएको छ । विराटनगरमा विकास निर्माणको काम भइरहँदा वातावरण स्वच्च बनाउने होइन वातावरणलाई निरन्तर प्रदूषित बनाउने काम भइरहँदा पनि सरोकारवाला निकाय

Read More

रेशमलाल चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविक : सरकार

काठमाडौं, १९ पुष । सरकारले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको टिप्पणी गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी प्रक्रिया अनुसार चुनाव लडेका, जनताले जिताएका सांसद चौंधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको प्रतिक्रिया दिनु भएको हो ।

Read More

रेशम चौधरीद्धारा सांसद पदको सपथ ग्रहण

काठमाडौं, १९ पुष । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित रेशम चौधरीले सांसद पदको सपथ लिनुभएको छ । आज सिंहदरबारस्थित संसद सचिवालयमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले चौधरीलाई सांसद पदको सपथ खुवाउनुभएको हो । सांसद चौधरीले थारु भाषामा सपथ लिनुभएको थियो । सपथ ग्रहण पछि महासचिव मनोहरप्रसाद भट्टराईले

Read More

दुरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकम बारे सदनलाई जानकारी गराउन माग

काठमाडौं, १९ पुष । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भुकम्प पछिको पुननिर्माणका लागि भन्दै दुरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकम बारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै कांग्रेस सांसदहरुले पुरातात्विक महत्वका संचरना पुननिर्माणका लागि भन्दै संकलित रकम बारे सदनलाई जानकारी गराउन

Read More

मेलम्ची खानेपानी आयोजनाको काममा समस्या छैन : प्रधानमन्त्री

काठमाडौं, १९ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीब्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने विश्वास

Read More

ससुरालीमा आएर श्रीमतीमाथि एसिड प्रहार

चितवन, १९ पुष । चितवनमा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमा आएर श्रीमती डोल्मा रूम्बामाथि एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Read More

डा. गोविन्द केसी आगामी पुष २५ गतेदेखी असनस बस्ने

इलाम, १८ पुष । डा. गोविन्द केसी आगामी पुष २५ गतेदेखी पुन १६ औँ चरणको असनस बस्ने हुनुभएको छ । इलाममा आज पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफ्ना माग पुरा गर्न सरकारले केहि दिन पर्खन आग्रह गरेकाले आफुले आजदेखि सुरु गर्ने भनिएको अनसन २५ गते सम्मलाई सार्नु भएको

Read More