Home > मुख्य समाचार (Page 127)

प्रदेश प्रमुख र सेनापतिबीच भेटवार्ता

विराटनगर, १६ पुष । सातै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तीव्र पारेका नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले आज १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाडसँग शिष्टाचार भेटघाट गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले संघीय संरचनापछि प्रदेशको शान्ति सुरक्षालगायतका बिषयमा जिज्ञासा राख्नुभएको थियो । मुलुक संघीय संरचनामा

Read More

शिक्षालाई जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्राप्त शिक्षालाई व्यवहारमा उतार्न सम्पुर्ण दीक्षित विद्यार्थीलाई सुझाव दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ४४ औ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले शिक्षा जीवन उपयोगी बन्नुपर्ने भन्दै प्राप्त शिक्षालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभएको हो । विभिन्न संकायबाट दीक्षित भएका विद्यार्थीलाई उहाँले प्रमाणपत्र लिएर

Read More

लेखा समूहका कर्मचारीहरु पनि आन्दोलित

विराटनगर, १६ पुष । सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले अन्यौलता सृजना गरेको भन्दै लेखा समूहका कर्मचारीहरु पनि आन्दोलित भएका छन । देशभरिका कर्मचारीसँगै अध्यादेशको विरोधमा उत्रिएका मोरङमा कार्यरत लेखा समूहका कर्मचारीहरुले विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय परिसरमा धर्ना दिएका छन् । उनीहरुले आज बिहान १० बजेदेखि १२

Read More

अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गर्नुपर्नेमा जोड

विराटनगर, १६ पुष । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अविलम्व २५० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्धारा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले विराटनगर विमानस्थलमा ३ हजार मिटरको धावनमार्ग बनाउनका लागि विमानस्थल पश्चिमतर्फ

Read More

जनस्वास्थ्यका २ सय ३६ कर्मचारी कामविहीन

विराटनगर, १६ पुष । कर्मचारी नहुँदा प्रदेश सरकारले कार्य सम्पादन गर्न अप्ठ्यारो परेको बताइरहेका बेला २ सय ३६ कर्मचारी भने कामविहीन भएका छन् । केन्द्र सरकारले जिल्ला जनस्वास्थ्यहरु कार्यालय खारेज गरेपछि प्रदेश १ मा २ सय ३६ कर्मचारी कामविहीन भएका हुन् । प्रदेश १ का १४ जिल्लाका स्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य

Read More

प्रदेश १ को जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको यस्तो छ हालत

विराटनगर, १५ पुष । जताततै असरल्ल छरिएका फाइलहरु । गज्याङ्गुजुङ पारेर राखिएका दराजहरु । केहीमा ताल्चा लागेका छन् भने केही खुल्लै छन् । कोठैपिच्छे पुराना फाइलका पोका यत्रतत्र छन् । न सामान राख्ने ठाउँ छ, न त कर्मचारी बस्ने ठाउँ नै । यो प्रदेश १ अन्तर्गत भर्खरै स्थापना भएको एउटा

Read More

हिउँमा खेल्न तेह्रथुममा आन्तरिक पर्यटकको घुइँचो

तेह्रथुम, १५ पुष । शुक्रबारको हिमपातसँगै तेह्रथुमको बसन्तपुर क्षेत्रमा हिउँ खेल्ने पर्यटकहरुको चपल–पहल देखिएको छ । निकै बाक्लो हिउँ परेको खबर पाएपछि हिउँमा रमाउन पर्यटहरु आएका हुन् । यस क्षेत्रमा शुक्रबार लगभग १५ वर्षपछि हिउँ परेको स्थानीयबासीको भनाइ छ । लेक क्षेत्रमा वर्षेनी जस्तौ हिउँ परेपनि यसवर्ष भने धेरैजसो क्षेत्रमा हिउँ

Read More

फागुनदेखि मोरङमा स्वास्थ्य बिमा

विराटनगर, १५ पुष । मोरङमा आगामी फागुनदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुुल्क पुुर्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम फागुुनदेखि सुरु हुुने भएको हो । बिमा तयारीको बारेमा विराटनगर महानगरपालिकामा आज आयोजित अभिमुुखीकरण कार्यक्रममा स्वास्थ्य बिमा सञ्चालन बारे जानकारी गराइएको थियो ।

Read More

ब्राउन सुगरसहित चारजना पक्राउ

झापा, १५ पुष । झापामै गोदाम राखेर लागूऔषध ब्राउन सुगरको कारोबार गर्ने एक गिरोहलाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतको पश्चिम बंगाल राज्यसँग जोडिएको झापाको पूर्वी नाका काँकडभिट्टाबाट भित्र्याइएको ब्राउन सुगरलाई झापामा भण्डार गरी नेपालका विभिन्न जिल्लामा ओसारपोसार गर्ने गिरोहमा आवद्ध दुई महिलासहित चारजनालाई इलाका प्रहरी कार्यालय विर्तामोडमा

Read More

काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने

काठमाडौं, १५ पुष । काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ । बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिशनले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपालमा पनि हिन्दु विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो । त्यसका लागि जग्गा खरिद प्रक्रिया पूरा गरिएको

Read More