Home > मुख्य समाचार (Page 80)

मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु

बारा । बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको छ । मदिरा भट्टी सञ्चालक करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, उनका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको

Read More

चाडपर्व नजिकिँदै गर्दा तेह्रथुममा पनि बजार अनुगमनलाई तीव्रता

तेह्रथुम । चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय तेह्रथुमले बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वका बेला व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै प्रशासन कार्यालयले अनुगमनको कामलाई गति दिएको हो । हिन्दुहरुको महान चाड दसै नजिकिएसँगै जिल्लाका अधिकांश बजारमा ग्राहकहरुको चहलपहल बढेको छ । वस्तुको गुणस्तर तथा मूल्यमा उपभोक्ता

Read More

अझै बनेन विमानस्थल, कहिले पुरा होला इलामबासीको विमान चढ्ने सपना

इलाम । इलाममा बिमानस्थल निर्माण थालिएको दशकौँ वित्यो तर निर्माण सम्पन्न नहुँदा जिल्लावासीको जहाजमा चढ्ने सपना सपनामा नै सिमित भएको छ । इलाम नगरपालिका ९ सुकिलुम्बामा निर्माणाधिन फाल्गुनन्द विमानस्थल निर्माणधिन अवस्थामा छ । विमानस्थलको कामका लागी पर्याप्त वजेट नभएको कारण देखाउँदै यसको काम सम्पन्न गर्न सकिएको छैन । राजनिति गर्ने दल

Read More

सभामुखको राजीनामाबारे संसद सचिवालयद्धारा सूचना टाँस

काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले जानकारी दिनुभएको छ । महराले हिजो उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा पत्रमा ‘छानबिन

Read More

यौन दुब्र्यवहारको आरोप लगेका सभामुख महराले दिए राजिनामा

प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ । यौन दुब्र्यवहारको आरोप लगेका महराले आज दिउसो पदबाट राजीनामा दिनुभएको हो । यौन दुब्र्यवहारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको थियो । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पनि पदबाट राजीनामा दिन महरालाई सुझाएको थियो ।

Read More

तेह्रथुमका किसानहरु शितभण्डार निर्माण हुने भएपछि हर्षित

तेह्रथुम । बसन्तपुर–म्याङलुङ सडकखण्ड दिगो नहुँदा कृषिजन्य उत्पादन निर्यात नभएर आजित भएका तेह्रथुमका किसानहरु शितभण्डार निर्माण हुने भएपछि हर्षित भएका छन् । म्याङलुङ नगरपालिका–९ को शाब्लामा प्रदेश–१ कै ठुलो कृषि उपज शितभण्डार निर्माण हुने भएपछि तेह्रथुमका किसानहरु उत्साहित भएका हुन् । आफूले उत्पादन गरेको तरकारी भण्डारण गर्ने ठाउँ नहुँदा कृषकहरूले निराश

Read More

सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति पनि मुलुकमा देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाउनु भएको हो । आज ललितपुरको भैंसिपाटीस्थित सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र

Read More

आजदेखि नेपाल खुला दिसामुक्त राष्ट्र

काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नु भएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गर्नु भयो

Read More

झापाको अर्जुनधाराबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

झापा । गएराति झापाको अर्जुनधाराबाट प्रहरीले ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेकोछ । सो विस्फोटक पदार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले आइतवार बेलुका अर्जुनधारा नगरपालिका वडा नं. १ सिस्नेबाट सो

Read More

बडादशैं आजदेखि सुरु

नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । यसै अवसर पारेर आज काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ । बिहान दशैं घरका गुरु ईश्वरप्रसाद अधिकारीले श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दशैं घरमा घटस्थापना गरिएको हो । घटस्थापनालाई दशैंको पहिलो दिनको रुपमा

Read More