Home > राष्ट्रिय समाचार (Page 61)

कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाउनुभएको छ । नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको पूर्वप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले दावी छ ।

Read More

संविधान संशोधन गरेर समस्या समाधान नहुने नेता वैद्यको भनाइ

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले संविधान संशोधन गरेर समस्या समाधान नहुने बताउनुभएको छ । उहाँले संघीयताका लागि संविधान संशोधन गरेर नभई संविधानको आमुल परिवर्तन गरेर मात्र समस्या समाधान हुने दाबी गर्नुभयो । आज धनुषामा आयोजित पत्रकार सम्मेलनमा वैद्यले आफूहरु पहिचानसहितको संघीयताको पक्षमा आन्दोलन गरेको र मधेशी मोर्चाले

Read More

राष्ट्रिय कर दिवस मनाइँदै

सुर्य नेपाल प्रालिले सबैभन्दा बढी कर तिरेको छ । आन्तरिक राजश्व विभागले कर दिवसको अवसरमा आज राजधानीमा गरेको विशेष कार्यक्रममा २०७५÷७६ मा सबैभन्दा बढी कर तिर्ने कर दाताका रुपमा सुर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीलाई सम्मान गरिएको हो । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमसेर जबरा रहनुभएको छ ।

Read More

उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले मुलुकलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठ्यारो भए पनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताउनुभएको हो । उहाँले मुलुकलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धी अलोकप्रिय

Read More

सरकार न्यायालय र संवैधानिक आयोगको अधिकार कुण्ठित गर्न लागिपरेको नेता पौडेलको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार न्यायालय र संवैधानिक आयोगको अधिकार कुण्ठित गर्न लागिपरेको आरोप लगाउनुभएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सरकारका हरेक गतिविधि निरंकुश बन्दै गएको बताउनुभयो । सरकारले दुइतिहाइको दम्भमा न्यायालयको अधिकार कुण्ठित बताउँदै संबैधानिक आयोगमा एकलौटी गरिरहेको उल्लेख गर्नुभयो । सरकारकै कारण

Read More

अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’

पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार आज काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो । हाम्रा कुरा डट कमका संस्थापक प्रधानसम्पादक रहनुभएका उहाँले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन

Read More

तेहोरो कर खारेजीको माग गर्दै सामुदायिक वन उपभोक्ता समूहहरुको प्रदर्शन

तेहोरो कर खारेजीको मागगर्दै सामुदायिक वन उपभोक्ता समूहहरुले विराटनगरमा बिरोध प्रदर्शन गरेका छन । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल,प्रदेश एकको आयोजनामा गरिएको प्रर्दशनमा प्रदेशभरिका बन उपभोक्ता समूहहरुको सहभागिता थियो । स्थानीय शनिहाटमा जम्मा भएका प्रदेशभरिका उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरुले त्यहाँबाट विरोध र्याली निकालेका थिए । प्लेकार्ड र ब्यानरसहित निकालिएको र्याली

Read More

पार्किङको ब्यवस्था गर्न सिटीसफारी चालकहरुको माग

विराटनगरक्षेत्रका सिटीसफारी चालकहरुले पार्किङको ब्यवस्था गर्न माग गरेका छन । दर्जनौंको संख्यामा समूह बनाएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पुगेका उनीहरुले ट्राफिक प्रहरी प्रमुख राकेश पोद्दार समक्ष यस्तो माग गरेका हुन । सफारीकालागि ठाँउठाँउमा पार्किङ नछुट्याइएका कारण आफुहरुले समस्या झेल्नुपरेको उनीहरुले गुनासो गरेका छन । पार्किङ न छुट्याइएका कारण सडक छेउमा पार्किङगर्दा

Read More

नेपाल-भारत सीमा बिवाद समधान गर्न सरकारले चाँडो पहल गर्नुपर्ने नेता पौडेलको भनाइ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल भारत सीमा बिवाद समधान गर्न सरकारले चाँडो पहल गर्नु पर्ने बताउनु भएको छ । इलाम सदरमुकाममा आज स्थानीय तह पार्टी संरचना समायोजन घोषणा सभालाई सम्वोधन गर्दै बरिष्ठ नेता पौडेलले लामो समय देखि कायम रहेको सीमा समस्या हल गर्न सरकारले चाडो कुटनीतिक पहल थाल्नु पर्ने

Read More

विराटनगरको महेन्द्रचोकदेखि बरगाछीसम्मको सडक क्षेत्रलाई नो पार्किङ जोन बनाईने

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका नयाँ प्रमुख राकेशकुमार पोद्दारले विराटनगरको महेन्द्रचोकदेखि बरगाछीसम्मको सडक क्षेत्रलाई नो पार्किङ जोन बनाईने बताउनुभएको छ । आजैबाट कार्यभार सम्हाल्नुभएका मोरङ ट्राफिक प्रहरी प्रमुख पोद्दारले संचारकर्मीसमक्ष आफ्ना कार्ययोजना प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । उहाँले सो क्षेत्रमा जताजतै सवारीसाधन पार्किङ गर्ने र जुनसुकै ठाँउबाट यात्रु चढाउने र

Read More