Home > राष्ट्रिय समाचार (Page 65)

डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजनालाई अन्तिम रुप

अगामी पाँच वर्ष भित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजनालाई अन्तिम रुप दिएको छ । कार्यक्रम कार्यान्वय कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठ वटा क्षेत्र डिजिटल फाउण्डेशन, कृषि, शहरी पूर्वाधार, वित्त, पर्यटन, उर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथमिकतामा राखेको जनाएको छ

Read More

धरानको पर्यटन प्रवद्र्धन गर्दै मिरिकसम्मको पदयात्रा सम्पन्न

सेवक अभियानले धरानको पर्यटन प्रवद्र्धन गर्दै मिरिकसम्मको पदयात्रा सम्पन्न गरेको छ । मिरिक पुगेको पदयात्राको टोलीलाई मिरिक नगरपालिकाका मेयर एलबी राई तथा पर्यटन विकास विभाग मिरिकका अध्यक्ष सुरज प्रधान लगायतका स्थानीयले स्वागत गरेका थिए । कार्यक्रममा सेवक अभियानका अध्यक्ष राजिव हलवाई, गायक गंगा वरदान र पत्रकार विराट अनुपमलाई सम्मान गरिएको थियो

Read More

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ । आज विहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपुरक संख्या

Read More

अटोमेटिक पेस्तोल र गोलीसहित दुई जना पक्राउ

मोरङ । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । कटहरी गाँउपालिका २ बस्ने २३ बर्षिय सुरज कुमार भन्ने विक्की भगत र धनपालथान गाँउपालिका ७ कदमाहाका २८ बर्षिय मुकेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । भगत पेस्तोल बोकेको र मण्डल पेस्तोल उपलब्ध गराएको अभियोगमा पक्राउ परेका हुन

Read More

सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र नर्स छोरीको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डको सेन्चुरी मसला उद्योग छेउमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो

Read More

उपनिर्वाचनको उम्मेद्वारका विषयमा नेकपामा छलफल सुरु

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको उम्मेदवार चयनका विषयमा प्रारम्भिक छलफल सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक छलफल

Read More

विद्युतीय धरापमा परी झापामा दुई जनाको मृत्यु

जंगली हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी झापामा मामा भान्जाको ज्यान गएको छ । विद्युतीय धरापमा परी मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ४ बस्ने १८ वर्षीय अभिनास राई र भोजपुर साल्पाचुली गाउँपालिका ५ बस्ने अन्दाजी ३५ वर्षीय मणिराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो

Read More

जनकपुरमा पनि छठ भव्यताका साथ मनाइँदै

आराध्यदेव सूर्य र ब्रह्माकी मानसपुत्री छठीको उपासना तथा आराधना गरी मनाइने महान् चाड छठ बिहीबारदेखि सुरु भएको छ । आज षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर सुरुआत र सप्तमी भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व सम्पन्न हुन्छ  । जनकपुरको सरोवरहरु गंगा सागर,धनुष सागर,अंगराज सर सहितका सरोवरहरुमा छठको उल्लास देखिएको

Read More

माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुट्यो

माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको सो जलविद्युत आयोजनाका लागि आवश्यक लगानीसम्बन्धि सम्झौतामा शुक्रबार काठमाडौंमा गरिएको हो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा काठमाडौंमा कम्पनी र लगानीकर्ता अन्तराष्ट्रिय बैंक तथा वित्तिय संस्थाहरुबीच सो

Read More

छठ पूजाका लागि तयारी तिब्र

विराटनगर । शनिवार सांझ र आइतबार बिहान सम्पन्न हुने छठ पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगरका श्रद्धालु छठ पुजाकालागि स्थानिय जलाशयको किनारहरु सफासुग्घर तथा घाट तयारगर्न जुटेका छन । छठपर्वको मुख्य पुजा जलाशय किनारमै गर्ने बिधान अनुसार यतिखेर ब्रतालुहरु नदी,पोखरी र नहर किनारहरुमा साजसज्जा गर्न र घाट बनाउनमा ब्यस्त

Read More