गाई काटेको आरोपमा ३ पक्राउ
सुनसरी, २६ कार्तिक । गाई काटेको आशंकामा प्रहरीले सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीबाट तीनजनालाई नियन्त्रणमा लिएको छ । सुराकीका आधारमा बलुवा वस्ती पुगेको प्रहरीले मासुसहित स्थानीय समसा खातुन र भोक्राहाका हमिर मन्सुरीसँगै फरमुद्दिन मन्सुरीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको मासु परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरेको छ । पक्राउ
Read More
